तेर्हौ दिनको पुण्यतिथिमा बृद्धाश्रमलाई सहयोग
हेटौंडा । स्वर्गीय देवमाया पराजुलीको तेर्हौ दिनको पुण्यतिथिमा आज हेटौंडाको चौकीटोलमा रहेको ओम बृद्धाश्रममा सहयोग गरिएको छ । संविधानसभा सदस्य परिषदका अध्यक्ष अनन्त पौडेल लगायत पराजुली परिवारबाट १ थान ह्विलचियर, चामल, पिठो , चाउचाउ, फलफूल लगायत खाद्यान्न र नगद १० हजार रुपैयाँ बृद्धाश्रमलाई सहयोग गरिएको हो ।
नगद र सामान ओम वृद्ध आश्रमको अध्यक्ष बुद्धि प्रसाद पौडेललाई हस्तान्तरण गरिएको छ।आश्रमका सल्लाहकार एकालाल श्रेष्ठ द्वारा संचालित कार्यक्रममा नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष, धरम बहादुर लामा, मुस्लिम संगठन नेपालका केन्द्रीय सदस्य मोसमिम खान, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, नेपका युवा नेता शिवहरि दाहाल, मोसफिक मियाँ, अभि मैनाली, प्रितम राना, गोविन्द नेगी, राजेन्द्र लामा, रमेश बस्नेत लगायतका युवाहरुको उपस्थिति थियो। देवमायाजी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै आश्रमका अध्यक्ष बुद्धि प्रसाद पौडेलजीले अनन्त सदा सहयोग रहेको र अरु दाताहरुलाई पनि सहयोगको लागि आह्वान गर्नुभएको छ।






