मकवानपुरगढीमा सामरी खोलाले बगाउँदा श्रीमान र श्रीमतीको मृत्यु्

जनपत्र
११ आश्विन २०७७, आईतवार १६:२२

हेटौंडा । खोला तरेर गाउँपालिका जाने क्रममा मकवानपुरगढीका श्रीमान र श्रीमतीलाई खोलाले वगाएको छ । सामरीखोलाले बगाएका दम्पति मृत फेला परेका छन् ।

मकवानपुरगढि गाउँपालिका ६ का वर्ष ६५ का ज्ञान बहादुर परियार र उनको श्रीमति वर्ष ६१ को तुलसा परियारको सामरी खोलाले वगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

उनीहरुलाई खोलाले बगाएको स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए । दुबैजनालाई खोलाले बगाएर करिब १ किलोमिटर तलसम्म पुर्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*