कुल कोरोना संक्रमितको ३५ प्रतिशत बागमती प्रदेशमा

जनपत्र
११ आश्विन २०७७, आईतवार ०६:५८

हेटौंडा । देशभरी परिक्षणको क्रममा देखिएका कोरोना भाइरसका संक्रमित मध्यमा ३५ दशमलब ७० प्रतिशत बागमती प्रदेशका रहेका छन् । देशैभरीमा ७१ हजार ८ सय २१ जना कोरोना संक्रमित पुष्टि भएका छन् । त्यस मध्यमा बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या २५ हजार ६ सय ४१ जना पुगेको छ । संक्रमित मध्यमा एक सय ७४ जनाको मृत्यु भएको छ ।

हिजो बागमती प्रदेशमा एक दिनमा ७ सय ८७ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

प्रदेशमा १४ हजार ५ सय ८१ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।

नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*