मकवानपुरगढीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

जनपत्र
१० आश्विन २०७७, शनिबार १९:५६

हेटौंडा । मकवानपुर गढी गाउँपालिका वडा नम्बर–२ गंगेभिरमा आज मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन्।

गढी बाट शिखरकटेरी तर्फ आउँदै गरेको ना ३९ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार मकवानपुरगढी ३ धमिले बस्ने ४६ बर्षीय भरत पुडासैनीको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाइकल चालक मकवानपुरगढी ३ मक्रान्चुली बस्ने ४१ बर्षीय कुमार पराजुली घाइते भएका छन् । घाइते पराजुलीको हेटौँडा १ मा रहेको सन्चो अस्पताल उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*