हेटौंडाका ७४ वर्षिय कोरोना संक्रमितको मृत्यु

जनपत्र
१० आश्विन २०७७, शनिबार १५:३४

हेटौंडा । हेटौंडाका एकजना कोरोना संक्रमितको उपचारको क्रममा चितवनमा मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ निवासी ७४ वर्षीय पुरुषको आज शनिबार १२ः१८ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

उनी श्वासप्रश्वास तथा निमोनियाको समस्या भई असोज ३ गते अस्पताल भर्ना भएका थिए । उनमा असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई सघन उनकक्षमा राखेर उपचार भइरहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*