विश्वलाई पारमाणविक हतियार भन्दा मास्कको आवश्यकता : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वलाई पारमाणविक हतियार भन्दा मास्कको आवश्यकता परेको बताउनुभएको छ ।
जीवन रक्षाका लागि सामाजिक क्षेत्रमा लगानी चाहिएको भन्दै उहाँले जीवन विनाशका लागि सैनिक खर्च कम गर्नुपर्नेमा जोड दिनुभयो । आणविक सन्धिको पुनरावलोकन सम्मेलन लगायत निशस्त्रीकरण सम्बन्धी प्रक्रियाहरु स्थगन भएको वर्तमान अवस्थामा विश्वलाई सुरक्षित बनाई राख्न सम्बन्धित पक्षहरुले सन्धि अन्तर्गतका दायित्व पुरा गर्नुपर्ने ओलीको धारणा छ ।
अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवसको पूर्वसन्ध्यामा परेको कार्यक्रममा उहाँले हतियारको होडबाजी, बाह्य अन्तरिक्षको सशस्त्रीकरण र साइबर युद्धका कारण मानवमात्रले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।