खानेपानीका लागि छताछुल्ल बन्दै हेटौंडा

हरि हुमागाई
८ चैत्र २०७५, शुक्रबार १६:२६

हेटौंडा । देशभरीका काठमाण्डौ लगायतका ठुला शहरहरुमा खानेपानीको लागि काकाकुल बनिरहेको बेला मकवानपुरको हेटौंडामा भने खानेपानीले छताछुल्ल बन्दै गएको छ । पाँच बर्ष अगाढी पानीका लागि भौतारिने गरेका हेटौंडाको हुप्राचौर, बसपार्क, पिप्ले, चौघडा, कमाने, भुटनदेबि बजार आसपासका क्षेत्रमा अहिले पानी पर्याप्त पुगेको छ । पाँच बर्ष अगाढी २०७० साल जेठ ८ गते तत्कालिन खानेपानी संस्थानबाट हेटौंडा खानेपानी ब्याबस्थापन बोर्डमा हस्तान्तरण गरिएपछी हेटौंडाबासीका लागि पानीको कुनै समस्या छैन । पहिलेको तुलनामा अहिले खानेपानी छताछुल्ल रुपमा प्रयोग गर्न पाएको स्थानिय वासिन्दाहरु बताउँछन् ।

त्यतीबेलाको तुलनामा अहिले पानीको श्रोत दोब्बर बृद्धी गरेर यहाँका वासिन्दाहरुलाई पानी खुवाउन लागिपरेको हेटौंडा खानेपानी ब्याबस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले बताउनुभयो । पाँचबर्ष अगाढी संस्थानले दैनिक ६० लाख लिटर मात्र पानी बितरण गर्दै आएको थियो अहिले खानेपानी बोर्डले दैनिक एक करोड ३१ लाख लिटर पानी बितरण गर्दै आएको छ । त्यतीबेलाको तुलनामा अहिले पानी बितरण दोब्बर भन्दा पनि बृछी गरिएको छ । पानी अभाबका कारण आफ्नै घरभित्रको धारामा बिहान बेलुका गाग्री लिएर कुनुपर्ने बाध्यता भएपनि अहिले भने चाहिएजती पानी पाएको हेटौंडा हुप्राचौरकी सिता घिमीरे बताउनुहुन्छ ।

सुन्दर नगरी हेटौंडाको पहिचान बनाएको यस शहरमा बस्ने जोकोहीलाई पनि पानीको कुनैपनि अभाब हुन नदिन खानेपानी बोर्डसंगको सहकार्यमा पानीका श्रोत पहिल्याएर पानी बितरण गर्दै आएको हेटौ.डा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत बताउनुहुन्छ । उपमहानगरपालिकाले बषैपिच्छे बोर्डलाई खानेपानीको क्षेत्रमा सहकार्य गर्दै ६० लाख रुपैयाँका दरले सहयोग गर्दै आएको छ । यो आर्थिक बर्षमा पनि ६० लाख रुपैयाँ बराबरको खानेपानी सुधार र बिस्तारको लागि ६० लाख रुपैयाँ सहयोग गरिएको मेयर महतले बताउनुभयो ।
हेटौंडामा पहिलेको तुलनामा धेरै घर परिवार थपीदै आएका छन् । तै पनि पानीका श्रोत पनि त्यतीकै बृद्धी गरिदै लगिएको छ । पहिले खानेपानी संस्थान हुँदा पाँच स्थानमा मात्र जमिनमुनीबाट पानी बोरिङ गरेर उपभोक्तालाई बितरण गरिदै आएको थियो । तर अहिले भने अरु १३ वटा स्थानबाट बोरिङ गरेर पानी थप गरिएको बोर्डका प्रमुख सुर्दशन ढकालले बताउनुभयो ।

पाँच बर्षको बिचमा हेटौडाको चौकिटोलमा ३ वटा, टिसिएन क्षेत्रमा २ वटा, हुप्राचौरमा १ वटा, हेटौंडा ७ र ८ मा ३ वटा, हेटौंडा ९ मा एक वटा, कर्रामा १, गर्दोईमा १, पिप्लेमा १, राईटोलमा १ स्थानमा पानी बोरिङ गरेर उपभोक्तालाई बितरण गरिएको छ । खानेपानी बोर्डका कारण हेटौंडामा खानेपानीको कुनैपनि अभाब नभएको र अब पनि अभाब हुन नदिन आफुहरु सहकार्य गरिदै आएको मेयर महतले बताउनुभयो । हेटौंडाका वासिन्दाहरुलाई सामान्य न्युनतम रुपमा सडक सुबिधा, खानेपानी, बिजुलीको अभाब हुन नदिन लागि परिएको बताउँदै मेयर महतले भन्नुभयो–हेटौंडाका पहिलेका ११ वटा वडामा अहिले सबैजसो न्युनतम सुबिधा पुरा भईसकेका छन् । तर अब पछी थपीएका पहिलेका बिकट क्षेत्र अहिले हेटौंडा भएका छन् तीनमा अहिले पनि पानी, बिजुली र सडक नपुगेकाले हामी त्यहाँका नागरिकलाई पनि उपमहानगरपालिकाका वासिन्दा हौ भनेर अनुभुति गराउन खोजेका छौ ।’
हेटौंडाको वडानंमबर २ देखि १० सम्म पुरै वडा र वडानंम्बर १, १४, १५, १६ र १७ का केही भुभागमा बसोबास गर्ने एक लाख २० हजार परिवारलाई खानेपानी बितरण गर्दै आएको छ । अहिले एक करोड ३१ लाख लिटर पानी बितरण गर्दै आएको बोर्डमा पानीकोमाग भने एक करोड ५५ लाख लिटर हुँदे आएको बोर्डका अध्यक्ष बिष्टले बताउनुभयो । अब निकट भबिस्यमानै उपभोक्ताको माग अनुसार पानि बतिरण गर्न आफुहरु सफल हुने उहाँले बताउनुभयो । अहिले हेटौंडा नगरका वडानंमबर ३, ११, १२, १३, १८ र १९ नंम्बर वडाका वासिन्दाहरु भने खानेपानी उपभोक्ता समिति मार्फत पानीको उपभोग गर्दै आएका छन् । खानेपानी बोर्डको पुरानो भवन पनि नयाँ बनेको छ । भवनका वरपर फुलैफुलले सजिलाएको छ । बोर्डले आफ्ना काम पहिले कागजका फाईलबाट गर्दै आएपनि अहिले भने सबै कम्प्युटर सिस्टम र सफ्टवयरका माध्यमले गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*