नेपाल–चीन सीमा विवाद : चीनले आफ्नै भूमिमा भवन बनाएको हुम्लाका सीडीओको टोलीको निष्कर्ष

जनपत्र
१० आश्विन २०७७, शनिबार ०६:४७

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरी नेतृत्वको टोलीले चीनले आफ्नै भूमिमा भवन निर्माण गरेको निष्कर्ष निकालेको छ ।

हुम्लाको नाम्खा गाउँपालिका–५ लाप्चाको लोलुङजुङ क्षेत्रमा चिनियाँ पक्षले नेपाली भूमिमा भवन निर्माण गरेको विषयमा स्थलगत अध्ययन गर्न गएको प्रजिअ गिरी नेतृत्वको टोलीले चीनले आफ्नै भूमिमा भवन निर्माण गरेको निष्कर्ष निकालेको हो ।

चीनले नेपाली भूमि मिचेर भवन निर्माण गरेको विषय सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी गिरीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली स्थलगत अध्ययनका लागि गएको थियो ।

स्थलगत अध्ययनका क्रममा नक्सा समेतको अध्ययनबाट उक्त भवन चिनियाँ क्षेत्रमै निर्माण भएको निष्कर्ष निकालिएको हो ।

प्रमुख जिल्ला अधिकारी गिरीले लोलुङजुङमा नेपाल र चीनका अधिकारीबीच नक्सा समेतको अध्ययन भएको बताए । नक्सा अध्ययनका क्रममा भवन निर्माण गरिएको भू–भाग चीनमै पर्ने देखिएको गिरीले बताए ।

यसअघि हराएको भनिएको ११ नम्बर सीमास्तम्भ समेत फेला परेका कारण भवन निर्माण गरिएको क्षेत्र कुन देशमा पर्छ भन्ने विषयमा पहिचान गर्न सजिलो भएको प्रजिअ गिरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*