मनहरीमा इनारभित्र खसेका दुबै जनाको मृत्यु

जनपत्र
९ आश्विन २०७७, शुक्रबार १७:१७

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ७ मा ईनारमा पसेर वेपत्ता भएका दुई जना मृत अवस्थामा फेला परेका छन् । मनहरी गाउँपालिका वडा नंबर ७ को तल्लो मनहरी बजारमा रहेको शाह पार्टी प्यालेसको इनारमा मोटर बनाउन पसेका पार्टी प्यालेसका सञ्चालक सुरज शाह बेपत्ता भएका थिए ।

मोटर बनाउन पसेको निकै बेरसम्म पनि शाह नआएपछि उनको खोजिको लागि इनारमा पसेका स्थानीय उत्सब नेपाली समेत बेपत्ता भएका थिए । उनीहरु दुई जनाको मृत्यु भएको छ भने अर्का एक जनाको अचेत अवस्थामा उद्धार गरिएको छ । ईनारभित्रै हराएका उनीहरु दुवै जनाको उद्धारमा खटिएको स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा शव ईनारभित्रबाट निकालिएको हो । उद्दारको लागि वागमती प्रदेश प्रहरी विपद ब्यबस्थापन गुल्मको विशेष गोताखोर जुटेका हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*