मकवानपुरको मनहरीमा इनारभित्र पसेका दुइजना बेपत्ता, एक जना अचेत

जनपत्र
९ आश्विन २०७७, शुक्रबार १०:४४

हेटौंडा । मकवानपुरको मनहरी ७ मा इनारको मोटर बिग्रीएपछी वनाउनका लागि भन्दै इनारभित्र पसेका दुईजना त्यही बेपत्ता भएका छन् ।

दुइजना बेपत्ता भए भनेर डोरी लगाएर खोजी गर्न गएका एक जना भने अचेत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिनुभयो । अब भने तालिमप्राप्त ससस्त्र प्रहरीले हराएकाहरुको खोजी गर्ने वताउनुभयो ।

मनहरीको साह पार्टी प्यालेसको ईनारभित्र पसेका प्यालेस संचालकका छोरा सुरज साह मोटरपम्प बनाउन इनारमा पसेकोमा बाहिर नआएपछि स्थानीय उत्सव नेपाली पनि इनारमा पसेका थिए । दुबै बाहिर नआएपछि उद्धारका लागि डोरीको सहायताले पसेका आनन्द लो बिचमै अचेत भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*