बागमती प्रदेशमा ५४ प्रतिशतले कोरोनालाई जिते, दश हजार जना उपचाररत

जनपत्र
९ आश्विन २०७७, शुक्रबार ०८:२७

हेटौंडा । बागमती प्रदेशमा कोरोना संक्रमित मध्यमा ५४ दशमलब २ प्रतिशतले कोरोना संक्रमणलाई जितेका छन् । संक्रमित मध्यमा १३ हजार ७२ जनाले कोरोना जितेका हुन् । एक हप्ता देखि बागमती प्रदेशमा कोरोना संक्रमितको दर केही घटेको छ ।

बागमती प्रदेशमा ४५ दशमलब १ प्रतिशत अर्थात १० हजार ८ सय ८७ जना कोरोना संक्रमित उपचाररत रहेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

संक्रमित मध्यमा सुन्य दशमलब ७ प्रतिशत अर्थात एक सय ६७ जनाको मृत्यु भएको छ । बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या २४ हजार १ सय २६ जना पुगेको छ । संक्रमित मध्यमा एक सय ६७ जनाको मृत्यु भएको छ । देशैभरीमा ६९ हजार ३ सय १ जना संक्रमित पुगेका छन् ।

हिजो बागमती प्रदेशमा एक दिनमा ९ सय ४३ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

प्रदेशमा १३ हजार ७२ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।

नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्देशमा धेरै संक्रमित देखा परेका हुन् । यस प्रदेशमा कुल संक्रमित मध्यमा ३४ दशमलव ८१ प्रतिशत संक्रमित देखा परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*