मकवानपुरमा बिहीबार ५४ जना कोरोनामुक्त

जनपत्र
८ आश्विन २०७७, बिहीबार १८:४१

मकवानपुर — मकवानपुरमा बिहीबार ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमित भएर हेटौंडा–६, गौरीटारस्थित आइसोलेसनमा उपचाररत ५४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् ।

हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार हेटौंडा–१०स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । योसँगै मकवानपुरमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ सय ५० पुगेको छ । मकवानपुरमा हालसम्म १२ सय ८१ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

हाल गौरीटारस्थित आइसोलेसन वार्डमा ७० जना रहेका छन् भने बाँकी घरमै आइसोलेटेड भएर बसिरहेका छन् । कोरोना संक्रमणमुक्त हुने दर बढेसँगै हेटौंडा–४ स्थित कर्राको श्रमिक माविमा निर्माण गरिएको आइसोलेसन वार्ड खाली भएको छ । ‘अब उक्त विद्यालयको आइसोलेसन वार्ड बन्द गरिएको छ । गौरीटारमै दुईसय २० बेडको आइसोलेसन निर्माण भएको कारण विद्यालयको बन्द गरिएको हो ।’, चौलागाईंले भने । इकान्तिपुरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*