सडकले निम्त्याएको विपद्, मकवानपुरको राक्सिराङमा पहिरोले वडा कार्यालय पुरीयो

जनपत्र
८ आश्विन २०७७, बिहीबार १८:२०

हेटौंडा । सडक खन्ने नाममा एक्साभेटरको प्रयोग गर्दा पहिरो लडेर मकवानपुरको राक्सिराङमा वडा कार्यालय पुरिएको छ । लगातारको वर्षाका कारण पहिरोले राक्सिराङ गाउँपालिका वडा नम्बर ५ को पुरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिलसिंह राठोरले जानकारी दिनुभयो ।

अन्दाधुन्द रुपमा मेसीनको प्रयोग गरेर सडक खन्दा वडा कार्यालय समेत पहिरोले पुरेको हो । मकवानपुरका दश वटे स्थानीय तहमा प्राविधिक विनानै एक्साभेटरले सडक खन्दा धेरै घर जोखिममा परेका छन् । राक्सीराङको यो वडा कार्यालय उदाहरण मात्रै हो ।

यसअघि डोजर लगाएको स्थानबाट गएको पहिरोले कुत्तासिंहमा रहेको वडा कार्यालय पुरेको उहाँले वताउनुभयो । वडा कार्यालयको आधा भाग पहिरोले पुरेको र अरु आधा भाग भने बाँकी रहेको छ । वर्षा भइरहेकोले तत्काल पुग्न सक्न अवस्था नरहेको प्रहरीको भनाइ छ । घटना भएको क्षेत्रमा नेटवर्क समस्याका कारण सम्पर्क हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*