हेटौंडाबाट काठमाण्डौ जाने तीन वटा सडक अवरुद्ध, त्रिभुवनराजपथ खुल्ला

जनपत्र
८ आश्विन २०७७, बिहीबार ०८:२५

हेटौंडा । हेटौंडाबाट काठमाण्डौ जाने चार वटा सडक मध्य तीन वटा सडक अवरुद्ध भएको छ । एउटा त्रिभुवनराजपथ भने खुल्ला छ । हेटौंडाबाट काठमाण्डौ जाने सवै सवारीका साधनहरु अहिले त्रिभुवनराजपथ भएर चलेका छन् ।

हेटौडाबाट काठमाण्डौ जाने छोटो दुरीको मार्ग अन्तरगत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ देउरालीमा पहिरो लडेर सडक अवरुद्ध भएको छ । यस सडक भएर सवारीका साधन ओहोर दोहोर गर्न हिजो देखिनै नपाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले वताउनुभयो । त्यसैगरी हेटौंडाबाट काठमाण्डौ सम्म जान सक्ने कान्तिलोकपथ सडकको ठाउँ ठाउँमा पहिरो लडेको र सडक भासिएका कारण अवरुद्ध भएको छ ।

यसैगरी हेटौंडाबाट साना ठुला सवारीका साधन काठमाण्डौ जाने मुल राजमार्ग पुर्व पस्चिम राजमार्ग अन्तरगत नारायणगढ–मुग्लिङ खण्डको चार किलोमा पहिरो खसेसँगै सडक बन्द भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा गएराति पहिरो खसेको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताउनुभयो । उहाँकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक बन्द भएको छ । त्यही ठाउँमा हिजो दिउँसो पनि पहिरो खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*