मकवानपुरको भीमफेदी देउरालीमा पहिरोले स्कर्पियो पुरिँदा एक जनाको मृत्यु

जनपत्र
७ आश्विन २०७७, बुधबार ११:००

हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाको देउराली नजीक पहिरोले स्करर्पियो पुरीदा एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । कोठमाण्डौबाट हेटौंडा तर्फ आउँदै गरेको स्करर्पियो पहिरोले पुरीदा त्यसमा सवार एक जनाको घरटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

स्कार्पियो च्यापिंदा मृत्युु हुनेमा चालक बाराको पर्सौनी गाउँपालिका वडा नम्बर ४ का ४० बर्षीय युनिष अन्सारीको मृत्यु भएको हो । उनको शव हेटौंडा अस्पताल ल्याइएको छ । पहिरोमा अर्को एउटा मोटरसाइकल पनि पुरीएको छ । अरु दुईवटा मोटरसाइकलका चालकलाई भने उद्धार गरिएको छ । स्कार्पियोमा एक जना च्यापिएका छन् । काठमाडौंबाट हेटौँडा तर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कार्पियो र बा ९७ प ५१४८ नम्बरको मोटरसाइकल पुरिदा मोटरसाइकलमा सवार दुईजनाको सकुशल उद्धार गरिएको हो ।

माथिबाट खसेको चट्टान र माटोले स्कार्पियो थिचेको र एकजनाको टाउको देखिएपछि उद्धार गर्न नसकिएको प्रहरीले जनाएको छ । पहिरो संगै ठुलो ढुङ्गा खरेर स्कर्पियो पुरिएको हो । पहिरो पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*