हेटौंडा–काठमाण्डौं ओहोर दोहोर गर्ने छोटो दुरीको मार्ग दुइ ठाउँमा अवरुद्ध

जनपत्र
७ आश्विन २०७७, बुधबार ०९:४६

हेटौंडा । हेटौंडा–काठमाण्डौ ओहोर दोहोर गर्ने छोटो दुरीको मार्ग भिमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्ड दुई ठाउँमा अबरुद्ध भएको छ । लगातारको पानीका कारण पहिरो लडेर सडक अवरुद्ध वनेको हो ।

यस सडक अन्तरगत देउराली नजिक र सिस्नेरीमा सडक अवरुछ भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

इन्द्रेसरोबर–२ देउराली नजिक पहिरोले सडक अवरुद्ध भएको छ । यता मकवानपुरको सिस्नेरीमा पहिरो लडेका कारण सडक अवरुद्ध भएको छ । छोटो दुरीको मार्ग अन्तरगत कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध बनेको हो ।

गए राति इन्द्रेसरोबर गाँउपालिका वडा नम्बर ३ मालटारमा पहिरो जाँदा सडक अवरुद्ध बनेको डीएसपी रानाले जानकारी दिनुभयो । पहिरो लडेका कारण यस सडक भएर हेटौंडा काठमाण्डौ ओहोर दोहोर गर्ने सवारीका साधन समस्यामा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*