मकवानपुरको सिस्नेरीमा पहिरोका कारण छोटो दुरीको मार्ग अवरुद्ध

जनपत्र
७ आश्विन २०७७, बुधबार ०७:२६

हेटौँडा । मकवानपुरको सिस्नेरीमा पहिरो लडेका कारण हेटौंडा–काठमाण्डौ छोटो दुरीको मार्ग अवरुद्ध भएको छ । छोटो दुरीको मार्ग अन्तरगत कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध बनेको छ। यता फाखेलबाट भने केही सवारीका साधन ओहोर दोहोर गरेका छन् ।

गए राति इन्द्रेसरोबर गाँउपालिका वडा नम्बर ३ मालटारमा पहिरो जाँदा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । पहिरो लडेका कारण यस सडक भएर हेटौंडा काठमाण्डौ ओहोर दोहोर गर्ने सवारीका साधन समस्यामा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*