मकवानपुरको मनहरीबाट १०४ केजी गाँजा सहित तीन जना पक्राउ

जनपत्र
६ आश्विन २०७७, मंगलवार १६:५७

हेटौंडा । मकवानपुरको मनहरीबाट प्रहरीले एक सय ४ केजी गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी गाएँपालिका वडा नंम्बर ६ स्थति लोथर खोलाको बगरको बाटोमा प्लास्टकिको बोरामा गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राक्सीराङ गाउँपालिका ९ बस्ने बर्ष २६ को कपिल भन्ने रुप खड्का ठकुरी, सोही ठाँउका ३० वर्षिय टलक बहादुर घलान र राक्सीराङ ४ बस्ने बर्ष २७ को मदन कोईरालालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

उनीहरुलाई गाँजा सहति पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । हेटौंडा र प्रहरी चौकी सुनाचुरी मकवानपुरबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको टोलीले गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*