मकवानपुरको राक्सिराङ्ग दुर्घटनामा घाइते भएका शाहीको पनि उपचारको क्रममा मृत्यु

जनपत्र
५ आश्विन २०७७, सोमबार १९:३५

हेटौंडा/मकवानपुरको राक्सिराङ्ग गाउँपालिका मैनाटारमा दिउसो ३ बजे भएको बोलेरो दुर्घटनामा घाइते भएका सुजन शाहिको पनि मृत्यु भएको छ ।

उनको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा साँझ ६ बजे मुत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

मनहरी बजारबाट पलाँचेतिर गइरहेको ग १ ज ७१७५ नम्बरको ७ जना सवार बोलेरो दुर्घटना हुदा २ जनाको घटना स्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा राक्सिराङ्म ३ का बर्ष १३ का रिजन थितुङ र सोहि स्थानका बर्ष ११ का अनुप वाइवा रहेका छन् । बाँकीको अबस्था सामान्य रहेको छ ।

सोमबार दिउसो ३ बजे भएको दुर्घटनामा बोलेरो सडकबाट २५ मिटर तल खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*