बागमती प्रदेशभरीमा उत्कृष्ट प्रहरी सुनजित तामाङ

जनपत्र
५ आश्विन २०७७, सोमबार १७:१३

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी उत्कृष्ट प्रहरी घोषणा गरिएको छ ।

कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवंम् थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी २०७७ को खण्ड ३ को ७ क अनुसार गठित पुरस्कार छनौट समितिका अध्यक्ष प्रहरी बरिष्ठ उपरिक्षक सुदिप गिरीको अध्यक्षतामा गठन भएको टोलीले उत्कृष्ट प्रहरी छनोट गरेको हो ।

प्रदेश प्रहरी कार्यालय तथा प्रत्यक्ष मातहत कार्यालयहरुबाट सिफारिस भई आएका उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुको नामावलीहरु अध्ययन गर्दा ईलाका प्रहरी कार्यालय, सिंगटी दोलखामा कार्यरत प्रहरी निरीक्षक सुनजित तामाङलाई उत्कृष्ट प्रहरीको रुपमा घोषणा गरिएको छ ।

विभिन्न गैह्र कानूनी क्रियाकलापमा संलग्न व्यक्तिहरु लगायत फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याई आफ्नो जिम्मेवारी ईलाकामा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम राख्न सफल भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

कोरोनाको माहामारी बिरुद्द जनचेतनामुलक कार्यक्रमहरु संचालन लगायत संक्रमित व्यक्तिहरुको व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गर्नुका साथै वर्षातको कारण बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तिलाई सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा निजले सम्पादन गरेको कार्यलाई सर्वोकृष्ट ठहर्याथई निज प्र।नि। लाई २०७७ साल भदौ महिनाको ूमहिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरी अभिलेखमा जानिने गरी नगद पुरस्कारद्धारा पुरस्कृत गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो प्रत्यक्ष मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य गर्ने एक जना प्रहरीलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्ने कार्यको थालनी गरेको छ ।

सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणाको लागि बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका दश वटा जिल्ला प्रहरी कार्यालय, तालिम केन्द्र, गण, दंगा र प्रदेश ट्राफिक गरी १६ वटा प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीको कार्य विवरण प्राप्त गरी एक जनालाई उत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्न बागमती प्रदेश प्रहरीले उत्कृष्ट प्रहरी छनौट कार्यविधी २०७७ तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*