वर्षा र हावाहुरीकाे सम्भावना रहेकाे हुँदा सतर्क रहन मौसमविद्‍काे सुझाव

जनपत्र
५ आश्विन २०७७, सोमबार ०६:५४

आज देशभर समान्य बदली रही विभिन्न स्थानमा पानी पर्न सक्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ साथै मनसुनको न्युन चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ । प्रदेश १ र २ का केही स्थानहरूमा पूर्ण बदली रही थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ साथै प्रदेश नं १, प्रदेश नं २ का केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ । ।

आजराति प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*