जुम्लाको स्याउ धरानमा

जनपत्र
५ आश्विन २०७७, सोमबार ०६:४०

बन्दाबन्दीको समयमा पनि जुम्लाबाट आएको स्याउ धरानका बजारमा बिक्री हुँदै आएको छ । जुम्लाको स्याउ धरान आइपुगेपछि यहाँका उपभोक्ताले रुचाएको स्याउ कृषक खड्गी केसी बताउँछन् । जुम्लाका स्याउ कृषक केसी गत मंगलबार ४ टन स्याउसहित आलु बिक्री गर्न धरान आएका हुन्् । अहिले धरान बजारका अधिकांश फलफूल पसलमा जुम्लाका स्याउ बिक्रीका लागि राखिएको छ ।

धरान सब्जी बजारभित्र रहेको कोपिला कस्मेटिक अगाडि फलफूल पसल गर्दै आएका रामभजन चौधरी धरानमा जुम्लाको स्याउले राम्रो बजार पाएको बताउँछन् । उनले भने, ‘बजारमा पाइने भारतीय स्याउ र चिनियाँ स्याउको तुलनामा जुम्लाको स्याउ धेरै स्वादिष्ट छ । अन्य देशबाट आयातीत स्याउको तुलनामा यो विषादीरहित भएकाले स्वास्थ्यका लागि पनि लाभदायी छ ।’

धरानका उपभोक्ताले विषादी मिसावट भएका फलफूल, तरकारी खान बाध्य भएको अवस्था जुम्लामा उत्पादित अर्गानिक स्याउ आप्mनै बजारमा पाउन थालेपछि खुसी भएको खरिद गरिरहेको स्याउ कृषक केसीले बताए । धरानको स्याउ अन्य स्याउको तुलनामा सस्तो भएकाले ग्राहकको रोजाइमा पर्दै गएको उनको बुझाइ छ । धरानमा मात्र नभएर पूर्वी बजारमा पनि यसको सम्भावना राम्रो रहेको उनले दाबी गरे ।

केसीले भने, ‘अरु स्याउमा राम्रो देखाउनका लगि विभिन्न केमिकल प्रयोग गरिएको हुन्छ । हेर्दा उस्तै देखिने भएकाले ग्राहक झुकिन्छन् । तर, जुम्लाको स्याउ पूरै अर्गानिक हो ।’ धरानमा यसको व्यापार गर्दै आएका चौधरी स्याउ उत्पादन हुने हुम्ला, जुम्लाको भ्रमण गरेको स्मरण गर्दै भन्छन्,, ‘किसानले उत्पादन गरेकन सबै वस्तुमा बिचौलियाका कारण आफ्नो लागत उठाउन सक्दैनन् । बिचौलियाले किसानबाट खरिद गरेको मूल्यभन्दा झन्डै दोब्बरमा व्यापारीलाई बिक्री गर्छन् ।’

जुम्लाबाट सीधैं धरानमा स्याउ ल्याएर बिक्री गर्दा जुम्लाका किसानलाई सहुलियत हुने, ग्राहकले पनि सस्तो अर्गानिक स्याउको स्वाद लिन सक्ने हुँदा दीर्घकालीन बजारका लागि सरोकारवालाले ध्यान दिनुपर्ने उनको सुझाव छ । केसीले जुम्ली स्याउ कृषि उपज बजार स्थलमा राखेर होलसेल मूल्यमा बिक्री गरिरहेका छन् । उनले धरानका उद्योगी जनक बस्नेतको सहयोगमा स्याउ र आलु बिक्रीका लागि ल्याएका थिए । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*