हेटौंडामा १५ किलोमिटर ७४५ मिटर सडकको नयाँ ट्रयाक खोलीयो
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले वनीसकेका सडकलाई पक्की वनाउने कामसंगै पछी थपीएका वडाहरुमा नयाँ सडक पुर्याउने काम पनि गरेको छ । बितेको एक आर्थिक वर्षको अवधिमा १५ किलोमिटर ७ सय ४५ मिटर सडकको नयाँ ट्रयाक ओपन गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो ।
नगरवासी भएपनि सडकको सुविधा नपुगेका गाउँ टोलमा सडक पुर्वाधार निर्माण गरिएको उहाँले वताउनुभयो । बितेको एक आर्थिक वर्षमा ४४ लाख ९४ हजार रुपैयाँ कुल लागतमा नयाँ सडक निर्माण गरिएको हो । यसमा स्थानीय उपभोक्ताको पनि जनसहभागिता रहेको छ । हेटौंडाको वडा नम्बर १, ३, १९, १५, १६, १८ लगायतका क्षेत्रमा नयाँ सडक निर्माण गर्ने कामलाई पनि तिव्रता दिइएको छ ।
एक वर्षको अवधिमा कच्ची सडक भएका कारण खाल्डाखुल्डी भएका, पानी जम्ने हिलो हुने, दुर्घटनाको जोखिम भएका, भर्खर ट्रयाक ओपन भएका सडकमा ग्राभेल गर्ने काम पनि तिब्र गतिमा भएको मेयर महतले वताउनुभयो । यो अवधिमा २३ हजार ३ सय ६६ स्थानमा सडकमा ग्राभेल हाल्ने काम गरिएको छ । यो संगै उपमहानगरपालिकाको टिप्परले पनि सडकमा ग्राभेल हाल्ने गरिएको छ । कुल ८० लाख ७८ हजार रुपैयाँ लागतमा सडकमा ग्राभेल भर्ने काम गरिएको हो ।
हेटौंडामा एक वर्षमा ३१ हजार मिटर सडक स्लाब ढलान, एक हजार मिटर कालोपत्रे
हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामा वितेको आर्थिक वर्षमा ३१ हजार ५ सय ७५ मिटर सडक स्लाब ढलान गरिएको छ । उपमहानगरपालिका क्षेत्रमा कच्ची रहेका सडकलाई पक्की वनाउने अभियान अनुसार ३१ हजार मिटर भन्दा धेरै सडकमा स्लाब ढलान गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । कच्ची सडकलाई पक्की वनाउने अभियान अनुसार एक हजार १ सय एक मिटर सडकलाई कालोपत्रे गरिएको छ ।
उपमहानगरपालिका क्षेत्रको कच्ची सडकलाई पक्की निर्माण गर्न सबै भन्दा धेरै खर्च गरेको मेयर महतले वताउनुभयो । स्थानीय उपभोक्ता सहितको जनसहभागितामा वितेको एक आर्थिक वर्षमा स्लाब ढलानमा मात्र कुल ४० करोड ९५ लाख २ हजार रुपैयाँ खर्च लागेको छ । त्यसमा जनसहभागितामा पनि काम गरिएको छ ।
त्यसैगरी सडक कालोपत्रे गर्नका लागि स्थानीय उपभोक्ताको जनसहभागिता समेत गरेर ८ करोड ५६ लाख २ हजार रुपैयाँ लागेको मेयर महतले वताउनुभयो । हेटौंडाका धेरै सडकमा पानी जम्ने र कालोपत्रे सडक छिटो उप्कने भएकाले सडकमा स्लाब ढलानको कामलाई पढी प्राथमिकता दिइएको उहाँले वताउनुभयो । साविकका हेटौंडाका ११ वटा वडा संगै पछी थपीएका समेत गरेर १९ वटै वडामा सडक पक्की वनाउने कामले प्राथमिकता पाएको उहाँले वताउनुभयो ।






