महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

जनपत्र
४ आश्विन २०७७, आईतवार ०७:३८

महोत्तरी – महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ ।

बर्दिवास नगरपालिका ६ मा ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३२ वर्षका प्रमोद राय र पछाडि बसेका २८ वर्षका देवबहादुर खपाङ्गीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*