कुलमान घिसिङले भने– मेरो लागि सडक प्रदर्शन नगरिदिनुस्

जनपत्र
४ आश्विन २०७७, आईतवार ०७:०४

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ का कारण नेपाल पनि आक्रान्त भएका बेला आफ्नो लागि सडक प्रदर्शन नगरिदिन आग्रह गरेका छन् । आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरिदिन विज्ञप्ति जारी गरेर आग्रह गरेका छन् ।

उनले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*