सुदूरपश्चिम प्रदेश : जनसंख्याको ३ प्रतिशतको पिसिआर, ८७ प्रतिशत संक्रमित निको भए

सुदूरपश्चिम प्रदेशमा पिसीआरबाट आजसम्म परीक्षण गरिएका कोभिड-१९का शङ्कास्पद ७६ हजार ५२७ नमूना मध्ये ५ हजार ५९२ जनामा कोरोना पुष्टि भएको छ। यो सङ्ख्या परीक्षण गरिएको नमूनाको ८।६१ प्रतिशत हो।
प्रदेशमा निको हुने ९डिस्चार्ज०दर ८६।९३ प्रतिशत छ। हालसम्म कूल सङ्क्रमित मध्ये ५ हजार ७३१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ मध्ये अहिलेसम्म परीक्षण २।९९ प्रतिशत अर्थात् ७६ हजार ५२७ जनाको नमूना परीक्षण गरिसकिएको छ।
यसै बीच पछिल्लो २४ घण्टामा कैलाली,डडेलधुरा,दार्चुला,बझाङ,र बैतडी जिल्लाका गरी थप ३९ जनामा कोरोना सङक्रमणको पुष्टि भएको छ। प्रदेशमा पछिल्ला दिनमा सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन्। गएको २४घण्टामा थप ३२ जनामा सक्रिय सङ्क्रमण देखिँदा कूल सक्रिय सङ्क्रमित ८४९ जना पुगेका छन्। कैलालीमा सबैभन्दा बढी ४४० जना सक्रिय सङ्क्रमित पुगेका छन्।
यस्तै डोटीमा ११९, बैतडी ६७, अछाम ६६, बझाङ ६१, कञ्चनपुर ४५,दार्चुला ३० डडेलधुरा १२ र बाजुरामा नौ जना सक्रिय सङ्क्रमित पुगेका छन्। पछिल्ला दिनमा रोगको रोकथाम, उपचार व्यवस्थापन लगाएतका काममा अग्रपंक्तितमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, कर्मचारी समेत सङ्क्रमित हुन थालेका छन्।
सेती प्रादेशिक अस्पताल धनगढी, डोटी र डडेलधुरा अस्पतालका प्रयोगशालामा कोभिड—१९का शङ्कास्पद नमूनाको परीक्षण भइरहेको छ। बैतडी जिल्ला अस्पतालमा समेत गत बिहीबारबाट प्रयोगशाला सञ्चालनमा आएको छ। हाल सम्म कोरोना सङ्क्रमणवाट कारण कैलालीका सात,बझाङ र बाजुराका दुई÷दुई र अछाममा एक जना समेत १२ जनाको मृत्यु भएको छ। रासस