मकवानपुरका थप १८ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
३ आश्विन २०७७, शनिबार १९:४२

हेटौंडा । मकवानपुर जिल्लामा आज थप कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाइका अनुसार मकवानपुर जिल्लाका १८ कोरोना संक्रमण पुष्टि भएको वताउनुभयो ।

बागमती प्रदेश सरकारले हेटौंडाको किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्रमा सञ्चालन गरेको प्रयोगशालामा १५ जना, चितवन र काठमाण्डौमा समेत गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो । हेटौंडाको प्रयोगशालामा आज प्राप्त भएकाहरुको विस्तृत विवरण भने आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*