हेटौंडाको नेवारपानी दुर्घटनामा बकैयाका प्राविधिकको मृत्यु

जनपत्र
३ आश्विन २०७७, शनिबार १८:२६

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीमा भएको सवारी दुर्घटनामा मकवानपुरको बकैया गाउँपालिकामा कार्यरत ओभरसियरको मृत्यु भएको छ ।

राष्ट्रिय पुन निर्माण प्राधिकरण अन्तरगत जिल्ला आयोजना कार्यान्वयन इकाइमा कार्यरत ओभरसियरको मृत्यु भएको हो । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनि बस र हेटौंडाबाट चितवनतर्फ जाँदै ना ४९ प २४०० नम्बरको मोटरसाइकल ठक्कर खादा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

बकैयामा कार्यरत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ का २९ बर्षीय दिपेन्द्र अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु भएका युवक कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा जाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । अधिकारीमा संक्रमण पुष्टी भएपछि घरमै आइसोलेसनमा बस्न जाँदै गरेको खुलेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*