मजदुरका भाषण गर्नेहरु हराए, तातो भात बाँड्नेहरु खुलामञ्चमै छन्

जनपत्र
३ आश्विन २०७७, शनिबार १२:३७

काठमाण्डाै – कोही भोको बस्नु पर्दैन भन्दै खुलामञ्चमा नारा लगाउनेहरु कोही सत्तापक्षमा छन्, कोही प्रतिपक्षमा ।

नारा र भाषण सुनेर उत्साहित हुँदै ताली बजाउनेहरु त्यही खुलामञ्चमा एक छाक भातको आशामा कुरिरहेका छन् । गाँस, बास र कपासको निम्ती भन्दै चर्काचर्का नारा र भाषणले गुञ्जने काठमाण्डौको खुलामञ्च, नयाँ बानेश्वर लगायतका ठाउँ अहिले एक छाक भात खाने  थलोको रुपमा परिणत भएको छ ।

मञ्चमा न्यानो सोफामा बसेर रोजीरोटीको ग्यारेन्टी गर्नेहरु कता हराए पत्तो छैन । यी ठाउँहरुमा तातो भात खानका लागि दिनहुँ सयौं मजदुर निराश हुँदै लामबद्ध हुने गरेका छन् । लामो समय दुई पेट खानाका लागि पसिना बगाएका उनीहरुलाई कोरोनाका कारण गरिखाने बाटो गुमेपछि यही सहरमा अहिले पेट भर्न कठिन भएको छ । तर केही परोपकारी मन भएकाहरुले भने भाषणले भन्दा पनि भातले पेट भरिन्छ भन्दै खाना खुवाउँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*