हेटौंडाबाट लामो तथा छोटो दुरीमा वस चल्न थालेपनि यात्रु पाउनै मुस्कील

जनपत्र
२ आश्विन २०७७, शुक्रबार ०८:५६

हेटौंडा । कोरोना भाइरस संक्रमणको त्रासका कारण ६ महिना देखि ग्यारेजमा थन्क्याएर राखेका मकवानपुरका यातायात व्यावसायीहरुले आफ्ना आफ्ना यात्रुवाहक सवारीका साधनहरु ग्यारेजबाट निकालेका छन् । यात्रुबाहक सवारीका साधन चलेपनि यात्रु पाउन भने मुस्कील भएको चालकहरु वताउँछन् । हेटौंडाबाट लामो तथा छोटो दुरीका बस, माइक्रो, टाटासुमो चल्न थालेका हुन् ।

सरकारले असोज १ गतेबाट सबै सवारीका साधन चल्न दिने भनेपछी हिजोबाट बस, सुमो, माइक्रोवस चल्न थालेका हुन् । हिजो र आज गरेर साना र ठुला गरी सार्वजनिक यात्रुबाहक सवारीका साधन एक दर्जन हेटौंडाबाट पुर्व र पस्चिमका लागि छुटेको पुरानो नारायणी यातायात कम्पनि प्रालिका अध्यक्ष हिरालाल श्रेष्ठले वताउनुभयो ।

अहिले यात्रुपनि बसमा चढ्न डराउने भएका कारण पनि पर्याप्त मात्रामा यात्रुबाहक सवारीका साधन चल्न नसकेको उहाँले वताउनुभयो । अहिले हेटौंडा–काठमाण्डौ ओहोर दोहोर गर्ने टाटासुमो पनि अत्यन्त नगन्यमात्रामा सञ्चालनमा आएका छन् । यसैगरी हेटौंडाबाट मकवानपुरका गाउँ गाउँमा जाने बस, माइक्रो, म्याजीक चल्न थालेका छन् । बजार क्षेत्रमा पनि बस चलेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*