कुलमान घिसिङको पुनः नियुक्तीको माग गर्दै हेटौंडामा तामाङ घेदुङको शान्तिपूर्ण प्रदर्शन

हेटौंडा/हेटौंडामा आज कुलमान घिसिङको समर्थनमा शान्तिपूर्ण प्रदर्शन भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति मकवानपुरको आयोजनामा हेटौंडाको बुद्धचोकमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन ।
दैनिक १८ घण्टासम्म लोडसेडिङ खेपिरहेका नेपालीले घिसिङ कार्यकारी निर्देशक भएसंगै लोडसेडिङमुक्त गराएकाले नेपाल विद्युत प्राधिकरणको निर्देशकमा कुलमान घिसिङको पुनः नियुक्तीको माग गर्दै प्रर्दशन गरिएको घेदुङ कार्य बहाक अध्यक्ष कालु घलानले बताउनुभयो । बुद्धचोक र सडक किनारामा प्लेकार्ड सहित भौतिक दुरी कायम गरेर शान्तिपुर्ण प्रदर्शन गरिएको थियो ।