२०७२ वैशाख १२ पछि ५० हजारभन्दा बढी परकम्प
सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर बुधबार सबेरै ६ म्याग्निच्युडको भूकम्प गयो । ठूलै झड्काले सबै आत्तिए । ज्यान जोगाउन भागदौड गर्दै कतिपय सडकमा पनि पुगे । धन्न, मानवीय क्षति भएन ।
पुनस्निर्माणको अन्तिम चरणमा रहेको रानीपोखरी बीचको मन्दिर बनाउनका लागि बुधबार इँटा बोक्दै महिला । ०७२ को भूकम्पपछि गरिनुपर्ने अधिकांश पुननिर्माण बाँकी नै छन् । भूकम्प प्रतिरोधी संरचना बनाउन भवन संहिता २५ वर्षपछि अद्यावधिक गरिए पनि प्रमाणीकरण हुन नसक्दा अझै जोखिमपूर्ण संरचना बनिरहेका छन् । तस्बिर स् सन्जोग मानन्धररकान्तिपुर
२०७२ वैशाख १२ को भूकम्पपछि बुधबारसम्म ५० हजारभन्दा बढी परकम्प गएका छन् । त्यसदिन ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयताका कतिपय कम्पनलाई सर्वसाधारणले नयाँ भूकम्पका रूपमा बुझ्दै आए पनि भूकम्पविद्हरूले ‘आफ्टरसक’ अर्थात् परकम्प नै भएको बताएका छन् । इकान्तिपुरबाट







