अमेरिकामा कोरोनाका १० जना बिरामीमध्ये एक जना उपचारका लागि दोस्रोपटक अस्पताल भर्ना

काठमाण्डाै – अमेरिकामा १० जना कोनाका बिरामीमध्ये एक जनालाई दोस्रोपटक अस्पताल भर्ना गर्नुपरेको एक अध्ययन प्रतिवेदनले जनाएको छ ।
अस्पतालबाट डिस्चार्ज भएर दोस्रो पटक भर्ना गर्नुपरेका बिरामीमा अक्सिजनको कमीका साथै खोकीको लक्षण पाइएको थियो । तीन महिनाको अवधिमा अस्पताल भर्ना भएका १४ सय मानिसमा गरिएको अनुसन्धानले देखाएको अध्ययन प्रतिवेदनको दाबी छ ।
अनुसन्धानकर्ता आस्टिनफिलारुले यो रिपोर्टबाट डाक्टरलाई कोरोनाको बिरामीबारे थप बुझ्ने मौका मिलेको प्रतिक्रिया दिनुभएको छ । अध्ययनका अनुसार डिस्चार्ज गरेपछि कुल सङक्रमितमध्ये ४ दशमलव ७ प्रतिशतलाई दोस्रो पटक भर्ना गर्नुपरेको र ३ दशमलव ९ प्रतिशतलाई एक हप्ताभित्रै भर्ना गर्नुपरेको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकामा कोरोनाभाइरस सङक्रमितको संख्या ६८ लाख नाघेको छ । सङक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख भन्दा धेरै छ ।