बागमती प्रदेशमा १७ हजार ५८० जनामा कोरोना पुष्टि, १२६ जनाको मृत्यु

जनपत्र
१ आश्विन २०७७, बिहीबार ०५:३९

हेटौंडा । बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या १७ हजार ५ सय ८० जना पुगेको छ । संक्रमित मध्यमा एक सय २६ जनाको मृत्यु भएको छ । देशैभरीमा ५८ हजार ३ सय २७ जना संक्रमित पुगेका छन् ।

हिजो बागमती प्रदेशमा एक दिनमा ८ सय २९ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

प्रदेशमा ८ हजार ८ सय ६४ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्देशमा धेरै संक्रमित देखा परेका हुन् । यस प्रदेशमा कुल संक्रमित मध्यमा ३० दशमलव १४ प्रतिशत संक्रमित देखा परेका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*