मकवानपुरमा आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
३१ भाद्र २०७७, बुधबार १९:५४

हेटौंडा । मकवानपुर जिल्लामा आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईका अनुसार आज मकवानपुर जिल्लाको हेटौंडा प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमितको विस्तृत विवरण आउन बाँकी छ ।

रिपोर्ट अनुसार १५ महिला र ४५ पुरुषमा संक्रमण पुष्टी भएको छ ।  भदौ ३० गते स्वाब संकलन गरिएकाको  रिपोर्ट बुुधबार सार्वजनिक गरेको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*