बागमती प्रदेशका २८ स्थानीय तहमा प्रहरीका गुनासो गर्न सुझाव संकलन पेटीका

जनपत्र
३१ भाद्र २०७७, बुधबार १७:१४

हेटौंडा । बागमती प्रदेशका २८ वटा स्थानीय तहमा प्रहरीका बारेमा गुनासो सुन्नका लागि भोलीबाट गुनासो पेटिका राखिने भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयमा बागमती प्रदेश प्रमुख बसन्तकुमार लामा आफैले राख्ने र अरु जिल्लाका स्थानीय तहमा सम्वन्धीत जिल्लाका प्रहरीले राख्ने तयारी गरिएको छ ।

नागरीकहरुबाट प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन गरी प्रहरी सेवालाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेश भरीका हरेक स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राख्ने निर्णय अनुरुप सम्पुर्ण तयारी गरीएको छ ।

प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका कामकारबाहीको सम्बन्धमा आम नागरिकबाट प्राप्तक हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्तब सल्लाह सुझाव अनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटीका संचालन सम्बन्धी कार्ययोजना समेत निर्माण गरीएको डीआइजी लामाले वताउनुभयो ।

कार्ययोजनामा उल्लेखीत व्यवस्था अनुसार तीन वटा चरणमा गरी सबै स्थानीय तहको केन्द्र रहेको कार्यालय र वडा स्तरसम्म गुनासो तथा सुझाव संकलन पेटीका राखीने छ । प्रथम चरणमा महानगरपालीका, उपमहानगरपालीका र सदरमुकाममा रहेको गाउँपालीकामा, दोस्रो चरणमा सबै गाउँपालीका र तेस्रो चरणमा सबै वडा कार्यालयहरुमा गुनासो तथा सुझाव संकलन पेटीका राखीने उहाँले वताउनुभयो ।

प्रथम चरण अन्तर्गत भोली असोज १ गतेबाट प्रदेश भरीका २५ नगरपालीका, १ वटा महानगरपालीका, १ वटा उपमहानगरपालीका र १ वटा गाँउपालीका गरी २८ वटा स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटीका राखीने छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमका प्रमुख सहयोगी स्थानीय निकायसंगको सहकार्यमा संचालन गरिने यस योजना अन्तर्गत स्थानीय निकायहरुमा सुझाव तथा गुनासो पेटिका स्थापना गरी नागरीकहरुबाट प्रहरीसंग सम्बन्धित सुचना संकलन गर्ने कार्य गरिनेछ ।

नेपाल प्रहरीले नागरीकहरुबाट पृष्ठपोषण प्राप्तीका लागि नागरीक सुनुवाई कार्यक्रम, सुचना अधिकृतको ब्यवस्था, सम्पर्क टेलिफोन नम्बर, प्रबिधीहरुको प्रयोग लगायत बिभिन्न कृयाकलापहरु संचालन गर्दै आईरहेको भएतापनि सुचना संकलनका कार्यलाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालयले नागरीकहरुको सहज र नियमित पहुचं हुने स्थानीय निकायहरुमा प्रहरी सम्बन्धित सुचनाहरु प्राप्त गर्ने संयन्त्रको बिकाश गर्नु उपयुक्त हुने महसुस गरी यो कार्ययोजना तयार गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*