नारायणगढ–मुग्लिन सडकमा पहिरै-पहिरो : गाडी नचलेपछि सडकमै खाना, सडकमै बिछ्यौना

सन्दीप ढुंगेल नारायणगढबाट करिब पाँच किलोमिटर परको रामनगरनजिकै तेलको ट्यांकर अगाडि सडकमै सुतेर मोबाइल चलाइरहेका थिए। पोखराका लागि तेल लिएर वीरगञ्जबाट हिँडेका उनी सोमबार राति ११ बजे नै यहाँ आइपुगेका थिए।
उनको पछाडि नारायणगढतर्फसमेत करिब एक किलोमिटर लामो लाइन छ। अगाडि पूरै सडक सवारीसाधनले भरिएको छ। नारायणगढ–मुग्लिन सडक खण्डमा सन्दीपजस्ता सयौं सवारी चालकहरू सडकमै सुत्ने, सडकमै खाना पाकाएर खाने गरिरहेका छन्।
‘१४ घण्टा भयो यहाँ रोकिएको कतिखेर खुल्ला?,’ सन्दीपको प्रश्न थियो।
तर, तत्कालका लागि यो प्रश्नको जवाफ डिभिजन सडक कार्यालयसँग पनि छैन। उक्त सडकखण्ड हेर्ने भरतपुरस्थित डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिव खनाल साँझसम्म एकतर्फी रुपमा सडक सुचारु गराउने प्रयास भइरहेको बताउँछन्।
यो समाचार र तस्बिर हामिले सेतोपार्टी डटकमबाट साभार गरेका हौं ।