सिन्धुपाल्चोक केन्द्र भएर ६ म्याग्निच्यूडको भूकम्प
सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । उनका अनुसार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो ।
अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का काडमाडौंसहित विभिन्न जिल्लामा महसुश भएको थियो । भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन । पछिल्लो समय ५ रिक्टरस्केलसम्मको भूकम्प गइरहेपनि सो भन्दा माथिका भूकम्प लामो समयपछि आएको हो ।







