मकवानपुरमा एकै दिन ६१ जनामा कोरोना पुष्टि, साँझ ४५ जना थपीए

जनपत्र
३० भाद्र २०७७, मंगलवार १७:२१

हेटौंडा । मकवानपुरमा आज एकै दिन ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज बिहान र साँझ गरेर ६१ जनामा कोरोना पुष्टि भएको हो ।

साँझ प्राप्त रिपोर्ट अनुसार १३ महिला र ३२ पुरुषमा संक्रमण पुष्टी भएको छ । सबैभन्दा बढि वडा मनहरीमा  २२ जना रहेका छन् । भदौ २९ गते स्वाब संकलन भएको १०५ जनाको रिपोर्ट मंगलबार सार्वजनिक गरेको जनाईएको छ ।

मकवानपुरमा मंगलबार बिहान १६ जना संक्रमित थपिएका थिए। थप भएका ४५ सँगै  यो समाचार तयार पार्दासम्म मकवानपुरमा विहान थपिएका  र साँझ थपिएका गरी कोरोना संक्रमितको संख्या ६१ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*