मकवानपुरमा मृत्यु भएका एक पुरुषमा कोरोना पुष्टि, नेपाली सेनाद्वारा सव व्यावस्थापन

जनपत्र
३० भाद्र २०७७, मंगलवार १६:३५

मकवानपुर — मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका–८ सिमपानीमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा ६८ वर्षीय पुरुष रहेको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिनुभयो ।

मृतकको आजै नेपाली सेनाले सव व्यावस्थापन गरेको छ । कोरोना संक्रमितको सव व्याव्थापन एकै स्थानमा गर्नेगरी स्थान तय गरिएको र सेनाले व्यावस्थापन गरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक पुरुष दम र मुटुको रोगलगायत रोगबाट पीडित थिए भने उनी दुईदिनदेखि बिरामी थिए । अकस्मात सोमबार बिहान घरमै ढलेका उनको मृत्यु समेत भएपछि स्वाब संकलन गरी हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा परीक्षणका लागि ल्याइएको थियो ।

परीक्षणका क्रममा उनको स्वाबको नतिजा पाजिटिभ आएको मनहरी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । ‘छिमेकी घरबाट आफ्नो घरमा जाने क्रममा उनी एक्कासि ढलेका थिए । स्वास्थ्यकर्मीको टोली त्यहाँ पुग्दा उनको निधन भइसकेको थियो ।’, गाउँपालिकाका स्वास्थ्यकर्मी ज्योतिराज लुईंटेलले भने । लुईंटेलका अनुसार उनको शव मंगलबार बिहान नेपाली सेनाले व्यवस्थापन गरेको छ । कोरोनाको नतिजा नआउँदासम्म गाउँपालिकाले शव सदगद नगर्न परिवारलाई आग्रह गरेको थियो । उनीसँगै मकवानपुरमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*