पहिरोले फेरि थुनियो नारायणगढ–मुग्लिन सडक

जनपत्र
३० भाद्र २०७७, मंगलवार ०८:५९

सोमबार दिउँसो २ बजे पनि पहिरोले सडक अवरुद्ध भएको थियो । साँझबाट एकतर्फी गाडी सञ्चालन गरिएकोमा राति साढे १० बजे सोही ठाउँमा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो तत्काल पन्छाउन मुस्किल देखिएपछि ट्राफिक कार्यालयले मंगलबार उक्त सडक प्रयोग नगर्न भन्दै सोमबार राति सूचना नै जारी गरेको छ ।

चारकिलोमा पहिरोले सडक थुनिएको यो तेस्रोपटक हो । नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरुपको दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । पहाड काटिएको ठाउँमा बर्खा लाग्दा हरेक वर्ष पहिरोले दुःख दिने गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*