हेटौंडामा एक वर्षमा ३१ हजार मिटर सडक स्लाब ढलान, एक हजार मिटर कालोपत्रे

जनपत्र
३० भाद्र २०७७, मंगलवार ०८:३३

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामा वितेको आर्थिक वर्षमा ३१ हजार ५ सय ७५ मिटर सडक स्लाब ढलान गरिएको छ । उपमहानगरपालिका क्षेत्रमा कच्ची रहेका सडकलाई पक्की वनाउने अभियान अनुसार ३१ हजार मिटर भन्दा धेरै सडकमा स्लाब ढलान गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । कच्ची सडकलाई पक्की वनाउने अभियान अनुसार एक हजार १ सय एक मिटर सडकलाई कालोपत्रे गरिएको छ ।

उपमहानगरपालिका क्षेत्रको कच्ची सडकलाई पक्की निर्माण गर्न सबै भन्दा धेरै खर्च गरेको मेयर महतले वताउनुभयो । स्थानीय उपभोक्ता सहितको जनसहभागितामा वितेको एक आर्थिक वर्षमा स्लाब ढलानमा मात्र कुल ४० करोड ९५ लाख २ हजार रुपैयाँ खर्च लागेको छ । त्यसमा जनसहभागितामा पनि काम गरिएको छ ।

त्यसैगरी सडक कालोपत्रे गर्नका लागि स्थानीय उपभोक्ताको जनसहभागिता समेत गरेर ८ करोड ५६ लाख २ हजार रुपैयाँ लागेको मेयर महतले वताउनुभयो । हेटौंडाका धेरै सडकमा पानी जम्ने र कालोपत्रे सडक छिटो उप्कने भएकाले सडकमा स्लाब ढलानको कामलाई पढी प्राथमिकता दिइएको उहाँले वताउनुभयो । साविकका हेटौंडाका ११ वटा वडा संगै पछी थपीएका समेत गरेर १९ वटै वडामा सडक पक्की वनाउने कामले प्राथमिकता पाएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*