हेटौंडामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
जनपत्र
३० भाद्र २०७७, मंगलवार ०७:४३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आज बिहान थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा ९ जना महिला र ७ जना पुरुष रहेका छन् ।