बागमती प्रदेशमा १५ हजार ९३६ जना कोरोना संक्रमित, ११७ जनाको मृत्यु

जनपत्र
३० भाद्र २०७७, मंगलवार ०६:५९

हेटौंडा । बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या १५ हजार ९ सय ३६ जना पुगेको छ । संक्रमित मध्यमा एक सय १७ जनाको मृत्यु भएको छ । देशैभरीका कोरोना भाइरस संक्रमित मध्यमा २८ दशमलब ८० प्रतिशत बागमती प्रदेशमा पुष्टि भएका छन् । पछील्ला दिनहरुमा अरु ६ वटा प्रदेशको तुलनामा बागमती प्रदेशमा कोरोना संक्रमित वढी पुष्टि भएका छन् । देशैभरीमा ५५ हजार ३ सय २९ जना संक्रमित पुगेका छन् ।

हिजो बागमती प्रदेशमा एक दिनमा ६ सय २४ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

प्रदेशमा ७ हजार ८ सय १९ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*