जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवासम्बन्धी निर्णय कार्यान्वयन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै रिट निवेदक र सरकार दुवै पक्षलाई असोज ८ गते छलफलमा बोलाएको छ । असोज ८ गते छलफल हुने भएकोले त्यस बेलासम्मका लागि निर्णय कार्यान्वयनमा रोक लागेको प्रवक्ता पोखरेलले बताउनुभयो ।
२०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयले प्लटिङ गर्न स्वीकृति लिएको र अंशबण्डा गर्ने बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । तर गएको १८ गते मन्त्रिस्तरकै निर्णयले २०७४ साउन २६ गतेको निर्णय बदर गर्दै कित्ताकाट फुकुवा गरेको थियो ।