राष्ट्रिय बाल दिवसका अवसरमा कविता लेखन प्रतियोगिता सम्पन्न

जनपत्र
२९ भाद्र २०७७, सोमबार १८:४२

हेटौंडा । राष्ट्रिय बाल दिवस, २०७७ को अवसरमा कोभिड– १९ (कोरोना) ले उब्जाएको समसामयिक अवस्था तथा जोखिम न्युनीकरणका लागि अपनाउन सकिने उपाएहरुका बारेमा कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ । विपद्मा बाल अधिकारको सुनिश्चितता ः हामी सबैको साझा प्रतिबद्घता भन्ने नाराका साथ कविता लेखन प्रतियोगिता भएको हो ।

कारितास नेपालको आर्थिक सहयोगमा सृजनशील नेपाल, हेटौंडा द्घारा संचालित ग्रामिण भेगमा रहेका महिला तथा बालबालिकाहरुको सामाजिक तथा आर्थिक सशक्तिकरण परियोजना अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको वडा नं १६, १७ र १८ मा गठन गरिएका बाल क्लबहरुका सदस्यहरु बिच कविता लेखन प्रतियोगिता सम्पन्न भएको हो । कविता लेखनका लागि खुला रुपमा आव्हान गरिएको थियो । जसअनुसार उक्त कविता प्रतियोगितामा तिन वटै वडा बाट गरी जम्मा २६ जना बालबालिकाको कविता संकलन भएको थियो ।

उक्त कविता लेखन प्रतियोगितामा हेटौंडा १६ स्थित भएको सृजनशील बाल क्लवका दिपेश गौतम प्रथम, श्रीराम बाल क्लवका सन्दिप कोइराला द्घितिय, अस्मिता कोइराला तृतिय र शैलिस्टा मिश्र सान्त्वना भएका छन् । त्यसैगरी हेटौंडा १७ स्थित भएको लाँलिगुरास बाल क्लवका प्रभास घिमिरे प्रथम, सुर्यदय बाल क्दवका पार्वती तामाङ द्घितिय, जनचेतना बाल क्लवका सुयोग अर्याल तृतिय र निश्चल बाल क्लवका जिस्मा श्रेष्ठ सान्त्वना भएका छन् ।

साथै, हेटौंडा १८ स्थित भएको नमुना बाल क्लबका रेनुका सिटौंला प्रथम, जुनतारा बाल क्लबका दिनेश धानुक द्घितिय, इन्द्रेणी बाल क्लवका कृति भण्डारी तृतिय र स्टार बाल क्लवका सुदर्शन सेन्चुरी सान्त्वना भएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विद्यालय पूर्ण रुपमा बन्द भइ हाल बालबालिकाहरु घरमै बसिरहेको अवस्थामा उनिहरु लाइ सृजनात्मक क्रियाकलापमा सहभागि गराइ उनिहरुको अन्र्तनिहित प्रतिभा लाइ उजागर गर्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा विजयी भएका बालबालिकाहरु लाइ सहभागी गराइ शनिबार एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिने संस्थाको अध्यक्ष शान्ता बरालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*