मकवानपुरमा थप ५६ जनामा कोरोना पुष्टि

जनपत्र
२९ भाद्र २०७७, सोमबार १६:३७

मकवानपुर जिल्लामा आज थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएकाहरुमा ३० जना पुरुष र २६ जना महिला रहेका छन् ।

१८४ जनाको कोरोना परिक्षण गर्दा ५६ जनामा संक्रमण भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । उपमहानगरपालिका क्षेत्रमा मात्र ५१ जनामा कोरोना भाईरस संक्रमण भएको हो । आज हेटौँडा बस्ने चितवन र रौतहटको गरि ४ जना र थाहा नगरपालिकाको १ जनामा समेत कोरोना भाईरस देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*