हेटौंडाका ११ वटा कृषक समुहलाई उन्नत जातका बोका वितरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका पाँच वटा वडामा कृर्षक समुहलाई उन्नत जातका बोका वितरण गरिएको छ । परमपरागत रुपमा गरिएको बाख्रा पालनलाई व्यावसायीक वनाउनका लागि किसानलाई बोयर बोका वितरण गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।
हेटौंडाको वडा नम्बर ३, १२, १३, १४ र १९ नम्बर वडाका ११ वटा समुहका किसानलाई बोयर जातका बोका वितरण गरिएको मेयर महतले वताउनुभयो । ११ वटा समुहलाई ११ वटा बोका वितरण गरिएको हो ।
समुहगत रुपमा वितरण गर्दा गाउँ, टोल छिमेक सबैतिरका बाख्रा पालक किसानलाई सहज हुने भएको र किसानका जिवनस्तर उकास्न पनि सहज हुने मेयर महतले वताउनुभयो । कार्यक्रममा विबभीन्न वडाका वडाअध्यक्षहरु, उपमहानगरपालिकाका साखा प्रमुखहरुको सहभागिता रहेको थियो ।