मकवानपुरमा थप १४ जनामा कोरोना पुष्टि
हेटौंडा/ मकवानपुर जिल्लामा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएकाहरुमा १० जना पुरुष र ४ जना महिला रहेका छन् ।
९६ जनाको कोरोना परिक्षण गर्दा १४ जनामा संक्रमण भएको हो । सबै भन्दा बढी भीमफेदी गाउँपालिकाका ७ जनामा संक्रमण भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।







