अक्सफोर्ड विश्वविद्यालयले कोरोना विरुद्धकाे खाेपकाे फेरि परीक्षण सुरु गर्ने
काठमाण्डाै – अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरस विरुद्धको खोपको फेरि परीक्षण सुरु हुने भएको छ।
विश्वविद्यालयले एस्ट्राजेनेकासँग मिलेर खोप बनाएका हो । धेरै संख्यामा खोपको परीक्षण गर्दा केही व्यक्तिमा रियाक्सन देखिनु सामान्य भएको भन्दै फेरि परीक्षणलाई निरन्तरता दिन लागिएको बीबीसीको खबरमा उल्लेख छ ।
बेलायतका स्वास्थ्य सचिव मैट हैनकाँकले रोकिएको खोप फेरि परीक्षण हुन लागेकोमा स्वागत गर्नुभएको छ । कोरोना भाइरसविरुद्धको खोपको परीक्षण भइरहँदा त्यसको नतिजालाई विश्वले नियालिरहेको छ ।
एस्ट्राजेनेका-अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको छ । तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसको सहभागिता रहेको छ ।
अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरस विरुद्धको खोपको फेरि परीक्षण सुरु हुने भएको छ।







